विपद् परेकाको लागि समाजसेवी थापाले सहयोग गर्ने


जनतापत्र, सिन्धुपाल्चोक, – प्राकृतिक विपद्को यस कठिन घडीमा आम जनसमुदायलाई उद्धार तथा राहत कार्यमा सक्रिय हुन भुपेन्द्र थापाले आव्हान गर्नुभएको छ। विशेषगरी चौतारा आसपास र सिन्धुपाल्चोक जिल्लाका प्रभावितहरूलाई लक्षित गर्दै थापाले आवश्यक परेमा त्रिपाल, खाद्यान्न तथा अन्य उद्धार सामग्रीहरू निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भूपेन्द्र थापाले भने, “यस विपद्का समयमा पीडितहरूलाई सहयोग पुर्याउनु हरेक नागरिकको कर्तव्य हो। हामीले सकेसम्म प्रभावितको चाप कम गर्न र प्राथमिक आवश्यकता पूरा गर्न योगदान गर्नुपर्नेछ।“ उहाँले सबै नागरिक, सामाजिक संस्था तथा स्थानीय उद्धारकर्तासामु आफ्नो क्षमता अनुसार सहयोग गर्ने बताएका छन् ।
थापाले सहयोग चाहिने अवस्थाका इच्छुकहरूलाई “थापा इन्टरप्राइजेज, चौतारा“ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ। उहाँले उपलब्ध गराएका सम्पर्क नम्बरहरू यस प्रकार रहेका छनः९८५१२७९०३६,९८४३०९४७८७, ९८४३५२९६८९ रहेका छन् ।

१९ आश्विन २०८२, आईतवार १३:१४