/*php the_title();*/?>
जनतापत्र, पाँचपोखरी ।
दिलबहादुर वाइबा नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल समितिको अध्यक्षान चयन भएका छन् । वाइबा निर्बिरोध रुपमा शनिवार भएको अधिबेशन तथा खबरदारी सभाबाट चयन भएका हुन् । उनको अध्यक्षतामा ४१ सदस्यीय समिति चयन भएको छ ।
उपाध्यक्षमा तिर्थ स्याङबो, नुर्बु शेर्पा र सरला राई दनुवार, सचिवमा रमेश शेर्पा निर्वाचित भएका हुन् ।
नवनिर्वाचितहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री युवराज दुलाल, केन्द्रिय सदस्य चन्द्र बहादुर थापा लगायतले शुभकामना व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्रको नेतृत्वले मात्र देशमा विकास गर्न, भ्रष्टाचारलाई कारबाही गर्न सक्ने आट गर्ने थापाले जानकारी दिए ।
कार्यक्रममा चर्चित कलाकारहरू सानु केसी, लक्ष्मी दर्नाल लगायतले साँगितिक प्रस्तुति रहेको थियो । कार्यक्रममा ६०० भन्दा बढि सहभागि भएका थिए ।
२२ पुष २०८१, सोमबार ०९:५९