/*php the_title();*/?>

सुनिता रखाल भोटेकोशी ।
लिपिङ खोलाको बेलिब्रीज बनेपछि भोटेकाशी गाँउपालिकाले पुल बनाउन सहयोग गर्ने नेपाली सेनालाई सम्मान गरेका छन् । असोज १०,११र १२ गते आएको अविरल वर्षाबाट क्षति पुगेको सोही गाँउपालिकाको वडा नम्वर २ अन्तर्गतको लिपिङ्ग खोलामा ४५.७२ मिटर वृज निर्माण भएपछि नेपाली सेनालाई बधाइ तथा सम्मान गरेको हो ।
पक्की पुल भत्किएपछि असहज बनेको अरनिको राजमार्ग अन्तर्गतको लिपिङ खोलामा निर्माण भएको बेलिब्रिजले तातोपानी नाकाको आयातनिर्यात सजिलो हुने भएको छ । यसले नाका सञ्चालन र स्थानिय बासिन्दा बढी लाभान्वित भएको भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए ।

भोटेकोसी–१, लिपिङ खोलामा नेपाली सेनाले ७ दिनमा बेलिब्रिज निर्माण सम्पन्न गरेको हो । माघ २० गतेबाट ६० जनाको संख्यामा खटिएको सेनाले २६ गते निर्माण सम्पन्न , २७ गते लोड टेस्ट र २८ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो ।
कोदारीस्थित लिपिङ खोलामा १५० फिट लामो मेटेरियल प्यानल ब्रिज बनेको हो । पुलको चौडाइ पौने १४ फिट छ । पुलको क्षमता भने २८ टन मात्रै छ । त्यसैले केही समय पुलमा १ पटकमा एउटा मात्रै सवारीसाधनलाई प्रवेश दिइनेछ ।
सेनाको श्री नं.१४ बाहिनी अड्डा अन्तगत बृजिङ्ग युनिटको नेतृत्वमा पुल निर्माण हुन सकेको हो । नेपाल सरकारले उपलब्ध गराएको सामग्री नेपाली सेनाको प्राविधिक जनशक्तिले फिटिङ्स गरेको युनिटका युनिटपति प्रमुख सेनानी नारायण तुम्बाहाङफेले बताए ।

३० माघ २०८१, बुधबार ००:४०