/*php the_title();*/?>

जनतापत्र सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक स्थित सिन्धु विकास बैंकको लामोसाँघु शाखामा आगलागी भएको छ । बलेफी गाउँपालिका–८ लामोसाँघुमा रहेको बैंकमा आगलागी भएको हो ।
‘आगलागीबाट सिन्धु विकास बैंकको कार्यालय ध्वस्त भएको छ । ‘सँगै रहेको ग्रिल्ड सहकारीमा पनि क्षति पुगेको बलेफी गाउँपालिका– ८ का वडाध्यक्ष रमेश श्रेष्ठले वताए । आगलागी इन्भर्टरको लाइन सर्ट भएर लागेको उनले जनाए । स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायताले आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरीले वताए । आगलागीका कारण के कति क्षति भयो अध्ययन गरिरहेको जनाएको छ ।
६ माघ २०८१, आईतवार ०६:३५