लगानी सम्मेलनमा १३५ आयोजना सोकस गरिने, उर्जाका मात्रै ३९ आयोजना

काठमाडौं । वैशाख १६ र १७ मा हुने तेस्रो लगानी सम्मेलनमा १३५ वटा आयोजना समावेश गरिने भएको छ । जसमा नीजि क्षेत्रले ७ र सरकारी निकायबाट १२८ वटा गरी १३५ वटा आयोजना प्रस्ताव हुने लागनी बोर्डले जनाएको छ ।
लगानी बोर्डका प्रवक्ता प्रध्युमन उपाध्यायका अनुसार नीजि क्षेत्रले केवलबार निर्माणलाई प्राथमिकता दिएका छन् । जसमा सिक्लेस अन्नपूर्ण केवलकार, जालपादेवी केवलकार, भरतपुर आइल्याण्ड रिसोर्ट, मध्यकालीगण्डकी हाइड्रो इलेक्ट्रिक, चिल्ताङ कालिगण्डकी हाइड्रो इलेक्ट्रिक छन् । त्यस्तै आइएमइ सिमेन्ट प्रोजेक्ट र काठमाडौं टेक्निकल स्कुल निर्माणका लागि नीजि क्षेत्रले प्रस्ताव पठाएका छन् ।
त्यस्तै सरकारी क्षेत्रमा सहरी मन्त्रालयबाट १० वटा आयोजना प्रस्तावका लागि बोर्डमा पठाएका छन् । जसमा बबरमहलमा प्लाजा बनाउने, काठमाडौं उपत्यका भित्रका नयाँ सहर निर्माण गर्ने, त्यस्तै तेह्रथुम जिल्लामा लालिगुराँस पार्क बनाउने प्रस्ताव सहरीले पठाएको छ ।
भौतिक मन्त्रालयबाट ११ वटा आयोजना प्रस्ताव भएको छ । जसमा दाउन्ने, मुग्लिनबाट चितवन पुग्ने सडक, धरान, बबई–छिन्चुलगायत स्थानमा सुरुङ निर्माणका लागि लगानी जुटाउने प्रस्ताव भौतिक मन्त्रालयले पठाएको छ । त्यस्तै काठमाडौं उपत्यकामा ‘अर्बन रेल’का लागि पनि प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।
ऊर्जा मन्त्रालयबाट सबैभन्दाबढी ३९ आयोजना प्रस्ताव गरिएको छ । जसमध्ये १० वटालाई पूर्णरुपमा लगानी खोजी हुन्छ, २५ वटाका लागि साझोदारीमा लगानी खोज्ने योजना छ ।
त्यस्तै खानेपानीले ४ आयोजनालाई सोकेसमा राख्न बोर्डमा प्रस्ताव गरेको छ ।

६ चैत्र २०८०, मंगलवार ०२:१९