/*php the_title();*/?>

जनतापत्र,चौतारा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिन्धुपाल्चोकको चौतारामा आइताबार एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बागमती प्रदश समितिद्धारा आयोजित प्रशिक्षण कार्यक्रममा रास्वपा संगठन विभागका केन्द्रीय सदस्यहरु शंकर श्रेष्ठ, धर्म केसी, बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछाने, अनृुशासन आयोगका सदस्य अधिवक्ता हरिचन्द्र भट्टराईले पार्टीको साँगठानिक स्वरुप, रास्वपाको बैचारिक पक्ष जस्ता विषयमा प्रशिक्षण प्रदान गर्नु भएको कार्यबाहक जिल्ला अध्यक्ष पासाङ तामाङले बताउनु भयो ।
चौतारास्थित अरनिको रिसोर्टमा संचालन भएको प्रशिक्षण कार्यक्रममा सिन्धुपाल्चोकको १२ वटै स्थानीय तहका पदाधिकारीहरुको सहभागिता भएको जिल्ला सचिव चक्रपाणि चालिसेले बताउनु भयो ।
७ बैशाख २०८२, आईतवार २२:१२