राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता मेलम्चीमा


जनतापत्र, मेलम्ची ।
मेलम्चीमा राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता हुने भएको छ ।
नेपाल गोजु–रियो कराँते–दो सघं शाखा डोजो मेलम्चीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता आउँदो माघ ४ र ५ गते मेलम्चीमा संचालन हुन लागेको हो ।
खेलकूदको क्षेत्रको माध्यमबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने मुख्य उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जानकारी दिएको छ ।

आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराँते–दो सघंका केन्द्रिय सचिव सानुबाबु गिरीले
कराँते खेललाई मेलम्ची नगरपालिका र सिन्धुपाल्चोक जिल्लामा विकास र विस्तार गर्ने,खेलकुदको क्षेत्रबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, मेलम्ची नगरपालिका र सिन्धुपाल्चोक जिल्लाबाट कराँते खेलाडीहरू उत्पादन गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय जनाउनुभयो ।
नेपाल गोजु–रियो कराँते–दो सघं शाखा डोजो मेलम्चीले मेलम्ची नगरपालिकामा मेयर कप कराँते प्रतियोगिता सम्पन्न गर्नुका साथै राष्ट्रिय स्तरीय कराँते प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ ।

१४ पुष २०८१, आईतवार १२:५४