युवा संरक्षक मञ्चको अध्यक्षमा पराजुली


जनतापत्र, चौतारा ।

युवा संरक्षक मञ्चको अध्यक्षमा सन्तोषी पराजुली चयन भएकी छिन् ।
चौतारामा विभिन्न स्थानका युवायुवतीहरुको सहभागीतामा गठन भएको युवा संरक्षकको अध्यक्षमा यूटी पार्लर ब्यवासायी तथा उद्यमी

पराजुलीको अध्यक्षमा ११ सदस्यिय कार्य समिति सर्वसहमतीले गठन गरिएको छ ।

युवा संरक्षक मञ्चको उपाध्यक्षमा सन्जु दंगाल, सचिवमा आशिका खत्रि, सहचिव प्रतिक्षा सापकोटा र कोषाध्यक्षमा अमृता अधिकारी रहेका छन् ।
सुरक्षित वैदेशिक रोजगार, रोजगार अभिमुखिकरण र छोेटा र लामो अवधिको सिप मुलक तालिम संचालन गर्ने उद्देश्यहरु रहेको मञ्चको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रमको उदघाटनसत्रमा चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ५ का वडाध्यक्ष शिव श्रेष्ठले युवाहरु मिलेर राम्रो गर्न लागेकोमा खुशि ब्यक्त गर्नुभयो । उहाँले यस कार्यक्रममा पुरुषलाई पनि सहभागीता गराउनुपर्ने र नयाँ गठन भएको समितिलाई सफल्ताको शुभकामना ब्यक्त गर्नुभयो र वडाध्यक्ष श्रेष्ठले कार्यक्रममा सहभागी हुदै गर्दा युवाहरुलाई उद्घोषण तालिम वडाको तर्फबाट ब्यवस्था गरिदिने प्रतिबद्धता गरे ।

९ चैत्र २०८१, आईतवार १३:०८