मौरीपालन सम्बन्धी कार्यक्रम मेलम्ची ६ तालामाराङमा

जनतापत्र, तालामाराङ ।
सिन्धुपाल्चोेक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ६ तालामाराङमा बाढी पिडित तथा स्थानीय किसानहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सबल बनाउने उद्देश्यले मौरीपालन सम्बन्धी कार्यक्रम तालामाराङमा सम्पन्न गरेको छ ।
प्रकृति रिर्सज सेन्टर को सहकार्य र उत्तम मार्ग साना किसान कृषि सहकारी संस्था लि. को व्यवस्थापनमा, समपन्न भएको हो ।
देबस्थली मौरी कृषि फर्म, नुवाकोट जिल्ला तार्केश्वर–२ का सञ्चालक श्यामकृष्ण श्रेष्ठबाट उपलब्ध गरि ४५ वटा आधुनिक मौरीका घारहरू स्थानीय किसानहरूलाई वितरण गरिएको छ ।
संस्थापक अध्यक्ष बालकृष्ण देउजाले र प्रमुख अतिथिका रूपमा मेलम्ची नगरपालिका उप–प्रमुख उमा प्रधानको उपस्थिति रहेको थियो।
उप– प्रमुख प्रधानले मौरीपालनजस्ता साना तर प्रभावकारी उद्यमले गाउँघरमा वैकल्पिक आम्दानीका स्रोत खोल्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र वातावरण तथा जैविक विविधताको संरक्षणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नु भएको छ ।
सोही कार्यक्रममा सहकारीका पदाधिकारीहरू, स्थानीय अगुवाहरू र मौरीपालनमा चासो राख्ने बाढीपीडित समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

२४ चैत्र २०८१, सोमबार ०९:२५