मेलम्ची ३ हैबुङका सम्पूर्ण विद्यालयमा ट्र्याक–सुट वितरण कार्यक्रम सम्पन्न

आइसिँ तामाङ मेलम्ची ३ हैबुङ ।

लोकेश्वरी मेला व्यवस्थापन समिति–२०८१ को समितिको आयोजनामा मेलम्ची नगरपालिका वडा नं ०३ हैबुङ अन्तर्गतका सम्पूर्ण विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक ट्र्याक–सुट वितरण कार्यक्रमसम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि वसन्त गुरुङ तथा समितिका अध्यक्ष विकास तामाङको विशेष उपस्थितिमा १८५ थान ट्र्याक–सुट वितरण कार्यक्रम सम्पन्न भएकोे हो ।
उक्त कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, समितिका सम्पूर्ण पदाधिकारी, अभिभावकहरू र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यार्र्थीाई नयाँ विद्यालय पोशाक वितरण गरिँदा विद्यालय परिवार अत्यन्त हर्षित र गौरवान्वित भएको जनाएको छ । यस कार्यको सफल व्यवस्थापन र समन्वयका लागि समितिका अध्यक्ष विकास तामाङको नेतृत्वमा समितिले खेलेको भूमिकाको विद्यालय परिवारले उच्च प्रशंसा गरेको छ।
कार्यक्रमको आयोजना तथा सफल कार्यान्वयनमा उल्लेखनीय योगदान पु¥याउनु भएको सम्पूर्ण शिक्षक र शिक्षिकाहरू र विद्यालय परिवारप्रति समेत विद्यालयले विशेष आभार प्रकट गरेको छ।
विद्यालय परिवारले यस्ता सकारात्मक कार्यहरू भविष्यमा पनि निरन्तर सहकार्य र सहभागितासहित सञ्चालन हुने विश्वास व्यक्त गरेको छ।

१० जेष्ठ २०८२, शुक्रबार २२:२६