मेलम्ची बजार अनुगमन


जनतापत्र, मेलम्ची ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकद्धारा मेलम्ची बजारमा बजार अनुगमन गरिएको छ । मेलम्चीका २५ वटा फर्मको अनुगमन गरिएको हो ।
विहिवार उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख तथा निरिक्षण प्रमुख त्रिपुरारी वख्रेलको नेतृत्वमा सो बजारको अनुगमन भएको हो । अनुगमनमा खाद्यान्न पसल, मेडिकल, डेरी, होटल लगायतका फर्ममा भेटिएका अखाद्य बस्तुहरू नष्ट गरिएका छन् ।

अनुगमनको क्रममा १ मेडिकललाई १० हजार जरिवाना गरिएको थियो । कार्यालयका प्रमुख शिक्षक प्रविण कुमार बस्नेतका अनुसार, कागजपत्र नपुगेका कारण सो मेडिकललाई कारवाहि गरिएको जानकारी दिनुभयो ।

कार्यालयका प्रमुख बस्नेतले बिहिवार गरिएको अनुगमनबाट ५१ हजार २ सय १५ बराबरको सामान जफत गरि नस्ट गरिएको जानकारी दिनुभयो । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चौतारा अस्पताल प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी लगायतको उपस्थिति थियो ।

६ चैत्र २०८१, बिहीबार १२:५७