मेलम्चीमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि तालिम

जनतापत्र, मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धि तालिम संचालन भएको छ ।
रिड नेपालको आयोजना, मेलम्ची नगरपालिकाको समन्वय तथा करुणा ट्रष्टको सहयोगमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि ३ दिने तालिम संचालन भएको हो ।
रड नेपालका परियोजना अधिकृत शोभा सुवेदीले प्रकोप प्रभावितहरुलाई स्थानिय स्तरमानै तुरुन्त प्रभावकारी सेवा प्रदान गर्न रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरुलाई खोज तथा उद्धार सम्न्धी ज्ञान तथा सिप प्रदान गर्ने,समुदायमा स्तरमा संचालन हुने आधारभूत खोज तथा उद्धार तालिमको लागि प्रशिक्षक तयार गर्ने रहेको बताउनुभयो ।
प्रशिक्षक जिल्ला रेडक्रस सिन्धुपाल्चोकका कार्यालय प्रमुख भरत कोइरालाले पहिलो दिन खोज र उद्दार दोश्रो र तेस्रो दिन प्राथमिक उपचार र चिकित्सकिय सहयोग सम्बन्धि तालिम हुने जनाउनुभयो ।
उहाँका अनुसार, जति छिटो उद्दार गर्न सक्यो उति मानवीय क्षति कम हुने , सुरक्षाकर्मीले मात्र नसक्दा विपद्मा समुदायका ब्यक्तिले पनि तालिम लिदाँ खोज उद्दारमा सहयोग हुने भएको छ ।
तालिमले आफु, परिवार र समुदायलाई सुरक्षित राख्न मद्धत पुग्ने विश्वास राख्दै
आदि कुरा मात्र सिक्दा झन खोज उद्दारमा काम गर्न समस्या हुने हुँदा पुरा ध्यान दिएर तालिम लिन कोइरालाले अनुरोध गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान हुनुहुन्थ्यो । उहाँले कार्यक्रमको उद्धघाटन गर्दै तालिमपछि सिकेका सिपलाई व्यवहारमा लागु गर्न र आफ्ना कामलाई थाती राखेर भएपनि ३ दिन सम्म तालिममा सक्रिय सहभागीता जनाउन अनुरोध गर्नुभयो ।

१९ पुष २०८१, शुक्रबार १२:५५