मेलम्चीका निजी स्वास्थ्य संस्थामाथि संयुक्त अनुगमन, मापदण्ड उल्लंघन गर्ने दुई डेन्टल क्लिनिक बन्द

जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्था, पोलिक्लिनिक, डेन्टल क्लिनिक र क्लिनिकहरूमा अनुगमन गरेको छ। मंगलबार गरिएको उक्त अनुगमनका क्रममा कानूनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका विभिन्न स्वास्थ्य संस्थाविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईँले जानकारी दिनुभयो।उहाँका अनुसार, जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७, साथै बागमती प्रदेश स्वास्थ्य सेवा ९पहिलो संशोधन ऐन २०८१ र प्रदेश स्वास्थ्य सेवा नियमावली दोस्रो संशोधन० २०८१ अनुसार मापदण्ड पालना नगर्ने संस्थामाथि कानूनी कारबाही गरिनेछ। अनुगमन टोलीले मेलम्ची बजारस्थित इन्द्रावती डेन्टल क्लिनिक प्रा।लि। र जुगल डेन्टल क्लिनिकलाई स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक अनुमति र मापदण्ड पूरा नगरेको पाइएपछि पूर्ण रूपमा बन्द गरेको जनाएको छ।
त्यस्तै, अघिल्लो नाम विनायक पोलिक्लिनिकबाट सेवा दिँदै आएको तर हाल विनायक फार्मेसीका नाममा सञ्चालन भइरहेको संस्थाले समेत अवैध रूपमा ल्याब र डेन्टल सेवा सञ्चालन गरिरहेको भेटिएपछि ती सेवाहरू पूर्ण रूपमा बन्द गरिएको हो। अनुगमन टोलीले सबै स्वास्थ्य संस्थालाई कानूनी अनुमति प्राप्त गरी मात्र सेवा सञ्चालन गर्न आग्रह गर्दै बिरामीको स्वास्थ्य सुरक्षासँग खेलवाड नगर्न चेतावनी दिएको छ। संयुक्त टोलीले आगामी दिनमा पनि जिल्लाभर नियमित अनुगमनलाई तीव्रता दिने जनाएको छ।

२९ आश्विन २०८२, बुधबार १३:१४