/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
अबिरल बर्षाका कराण गत शनिबार गएको देशभर क्षति पुगेको थियो । जुन बाढि र पहिरोले सिन्धुपाल्चोक पनि अछुतो रहन सकेन ।
पहिरोले सिन्धुपाल्चोकमा १३ जनाको ज्यान गएको थियो ।
त्यस्तै पहिरोकै कारण घर पुर्दा ज्यान गुमाएका जुगल गाउँपालिका–१ कुनेगाउँको मृतकका परिवारलाई क्षतिपूर्ति प्रदान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले बिहीबार मृतक तीन लाख दिइएको जानकारी दिनुभयो ।
उहाँले बिहीबार मृतक जुगल–१ का चित्रबहादुर मिजारको परिवारलाई घरमै पुगेर संघीय र प्रदेश सरकारको प्रावधानअनुरुप तीन लाख रुपैयाँ दिइएको जनाउनुभयो ।
जुगल गापा अध्यक्ष रेशम स्याङ्बो, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख, वडाध्यक्षको उपस्थितिमा सहयोग हस्ताण्तरण गरिएको हो ।
प्रजिअ थापाले भन्नुभयो, ‘जुगल–१ बाट राहत र क्षतिपूर्ति दिन सुरु गरेका छौं, यसअघि जुगलको तेगामा हेलिकप्टर लिएर सहयोग र उद्वारमा पुगेका थियौं,’ ।
जुगल–१ कुनेगाँउकै पहिरोको कारणले विस्थापित भएका अन्य ३ घरपरिवारलाई ब्ल्याङ्केट, डस्ना र भाँडाकुँडा सेट प्रदान गरिएको छ ।
पहिरोले क्षति गरेको सो गाउँमा जुगल–१ कुनेगाँउवासी ४५ वर्षका चित्रबहादुर मिजार र एक पहिचान नखुलेका ५ वर्षे बालकको शव भेटिएको थियो ।
मृतक मिजारकी श्रीमती ४५ वर्षीया ठूलोकान्छी र जुगल–४ का २४ वर्षीय अविनाश नेपालीको अझै अवस्था अज्ञात छ । ‘बेपत्ता अविनाश ठूलीकान्छीको बहिनीको छोरा भएको खुलेको छ, मृतक बालक अविनाशकै छोरा हुन्, बेपत्ता दुवैको खोजी भइरहेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् ।
१८ आश्विन २०८१, शुक्रबार ११:५८