जनतापत्र, चौतारा ।
मालिकादेवी कपको चौथो संस्करण कात्तिक ३ बाट सुरु हुने भएको छ । उक्त कपको साढे १ लाख रुपैयाँभन्दा बढी धनराशी पुरस्कार रहेको छ ।
नेपालीको महान् चाडपर्व दसैं, तिहार र छडको अवसर पारेर बिगतमा झैँ यो वर्ष पनि खुला ७ए साइड फुटबल प्रतियोगिताको आयोजना मेलचौर युवा जागरण समाजले गर्न लागेको हो ।
जागरण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा खेल मैदानमा सातासम्म सञ्चालन हुने बताउनुभयो ।
प्रतियोगिताको बिजेता टोलीले १ लाख ५५ हजार ५ सय ५५ र उपबिजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र मेडल पुरस्कार पाउने छन् ।
प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडी र प्रतियोगिताकै उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक जागरण समाजले जानकारी दिएको छ ।
११ आश्विन २०८१, शुक्रबार १०:५४