माथिल्लो भोटेकोशी आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन

जनतापत्र,भाटेकोशी सिन्धुपाल्चोक ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी युवाहरुको नाममा बन्द गरिएको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृहमन्त्रीलाई घटनाबारे जानकारी गराएको थियो। अध्यक्ष कार्कीले जेन–जी युवाहरुलाई १० प्रतिशत निःशुल्क सेयर दिनुपर्ने भन्दै आयोजना बन्द गर्नु अराजकता भएको बताउँदै तत्काल सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए। उनको भनाइ सुनेपछि गृहमन्त्री अर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई फोनमार्फत निर्देशन दिँदै आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन आदेश दिएका हुन्।
गत भदौ २५ गतेदेखि जेन–जी आन्दोलनका क्रममा ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना बन्द गरिएको थियो। २८ दिन बितिसक्दा पनि आयोजना सञ्चालनमा नआएपछि स्थानीयले जिल्लामा सञ्चालनमा रहेका अन्य आयोजनाहरुमाझ पनि १० प्रतिशत निःशुल्क सेयर दिनुपर्ने माग अघि सारेका छन्। यी आयोजनामध्ये माथिल्लो बलेफी ए ९३६ मेगावाट०, याम्बालिङ खोला ९७।२ मेगावाट०, सोलाङ खोला र घट्टे खोला ९९९० किलोवाट० जलविद्युत् आयोजनामा समेत सोही माग गरिएको छ।

२३ आश्विन २०८२, बिहीबार ०६:०४