/*php the_title();*/?>

जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
समता मूलक र आत्मनिर्भर समाज निर्माणको अभियानमा सक्रिय महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको ३३औं वार्षिक साधारण सभा शनिबार नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता केन्द्रकी अध्यक्ष सञ्च माया तामाङले गर्नुभएको थियो। सभामा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान, पूर्व उपप्रमुख भगवती नेपाल, पाँचपोखरी थाङपाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी, पूर्व संविधानसभा सदस्य डोल्मा तामाङ, पूर्व प्रदेश मन्त्री इन्द्र माया तामाङ, वडा नं। ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई, शक्ति समूह नेपालकी संस्थापक अध्यक्ष चरी माया तामाङ, तथा फेयरमेड फाउन्डेसन नेपालका टिम लिडर डम्बर सिंह गुरुङलगायतका अतिथिहरूको उपस्थिति थियो। कार्यक्रममा केन्द्रका आजीवन ११३ सदस्य र ४८ साधारण सदस्य गरी कुल १६१ जना सहभागी भएका थिए। सभामा आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रगतिविवरण प्रस्तुत गरिएको र आगामी योजनाबारे गहन छलफल गरिएको थियो। वक्ताहरूले केन्द्रले विगत तीन दशकदेखि महिला सशक्तिकरण, आत्मनिर्भरता र समान अवसरमा आधारित समाज निर्माणका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।
२५ आश्विन २०८२, शनिबार १९:३८