/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
महिलाको हत्यामा सिन्धुपाल्चोककी पूजासहित पाँचको संलग्नता रहेको छ ।
उक्त हत्याको आरोपमा सिन्धुपाल्चोक तिपेनीकी एक किशोरीको सहित अन्य पाँच जना प्रक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको तिपिनेकी पूजा परियार, सर्लाहीका कैलाश खड्का, मकवानपुरका सुरेश तामाङ, नुवाकोटका रोशन तामाङ र एक जना नाबालक रहेका छन् । प्रहरी वृत्त बौद्धद्धारा उनिहरु पक्राउ परेका हुन् ।
काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर बागमती नदीमा फालिएको अवस्थामा शव फेला परेको हो ।
शनिबार गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको थियो । महिलाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
२७ फाल्गुन २०८१, मंगलवार १३:०२