मध्यपहाडी लोकमार्गको पुर्वमन्त्री बस्नेतद्वारा निरिक्षण


जनतापत्र, मेलम्ची
मध्यपहाडी लोकमार्गको पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्धारा निरिक्षण गरिएको छ ।
पुर्व मन्त्रीद्धारा बस्नेतले पाटीभञ्ज्याङ देखि बाहुनेपाटी खण्डको मध्यपहाडी लोकमार्गको निरिक्षण तथा अनुगमन गरिएको हो ।
७६ करोड सुनिश्चित भएको मध्यपहाडी लोकमार्गको अनुगमन गर्दै पुर्वमन्त्री बस्नेतले यस खण्डमा अब गुणस्तरीय सडक बन्ने जानकारी दिनुभयो ।
उहाँले ७६ करोड मध्ये अधिकांस काम सिन्धुपाल्चोकमा हुने बताउँदै निरिक्षणको क्रममा साना तथा मझौला योजना परेको अवगत बताउनुभयो ।
बस्नेतले स्थानियको मागको सम्बोधन गर्दै जाने बताउँदै केही समय अघि काउलेमा उद्घाटन भएको नगर अस्पतालमा आवस्यक सामान उपलब्ध गराएको र ५ बर्ष भित्रमा भोटको कदर हुने गरि काम गर्ने प्रतिबद्धता जनाए ।
मध्यपहाडी लोकमार्गको पाटीभन्ज्याङ देखि बा
हुनीपाटी खण्डमा बन्धना भगवती कन्स्ट्रकसनले काम गरिरहेको छ ।
बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ, कांग्रेस जिल्ला सचिव रमेशराज भण्डारी, क्षेत्रिय सचिव विष्णु घोरासैनी, मेलम्ची नगर सभापती वसन्त गुरूङ, यस भेगका निर्वाचित जनप्रतिनिधिहरू लगायतको अनुगमनको क्रममा सहभागिता रहेको थियो ।

९ मंसिर २०८१, आईतवार १३:४८