/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका चार जना र तीन कम्पनीलाई सजाय तोकिएको छ ।
विशेष अदालतले सोमबार उनिहरुलाई आठ वर्ष एक महिना कैद र जरिवाना १० करोड १० लाख ६१ हजार ७५ निर्धारण गरेको हो ।
अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका व्यक्ति र कम्पनीलाई हिजो सजाय निर्धारण गरेको हो ।
अदालतले सजाय निर्धारण गर्दा पूर्वसचिव तथा मेलम्ची खानपानी समितिका तत्कालीन अध्यक्ष पूर्वसचिव ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई जनही अदालतले गएको भदौ २५ मा खानेपानी आयोजनामा भ्रष्टाचार भएको ठहर गरेको थियो । पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई जनही आठ वर्ष कैद ठहर गरिएको छ ।
अदालतले तत्कालीन खानेपानी विकास र समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई आठ वर्ष एक महिना कैद र दुई करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना र परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिम लिडर शिवकुमार शर्मालाई आठ वर्ष कैद तर ज्येष्ठ नागरिक भएकाले दुई वर्ष कैद छुट र दुई करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना तोकेको छ ।
८ आश्विन २०८१, मंगलवार ११:५८