/*php the_title();*/?>
जनतापत्र, बलेफी ।
बिञ्ज्याल आधारभूत विद्यालयले २२ औं वार्षिकोत्सव मनाएको छ ।
बलेफी गाउँपालिका–५, बिन्जेल देउराली स्थित श्री बिञ्ज्याल आधारभूत विद्यालयको २२औं वार्षिकोत्सव तथा अभिभावक भेला विविध साँस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाएको हो ।
बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’को प्रमुख आतिथ्
यता रहेको थियो । त्यस्तै उपाध्यक्ष सरु लामा तामाङ, वडा नं. ५ का अध्यक्ष यादव ठकुरीको विशेष आथित्यतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, महिला समूह, अभिभावक, शिक्षक, विद्यार्थी, युवा तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
‘प्रवेश’ले विद्यालयको पठनपाठन र अनुशासनलाई गाउँपालिकाले उच्च मूल्यांकन गरेको बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ जानकारी दिनुभयो । उहाँले शिक्षा बिनाको विकासले उन्नती नहुने बताउँदै शिक्षा नै पहिलो जनशक्ति उत्पादन गर्ने थलो भएकाले शिक्षामा लगानी गर्नुपर्ने जानकारी दिनुभयो ।
त्यस्तै उपाध्यक्ष सरु लामा तामाङले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै शिक्षक हरेक दिन विद्यार्थी बने मात्र गुणस्तीय शिक्षा प्रदान गर्न सकिने जानकारी दिनुभयो । उहाँले शिक्षामा लगानी गर्नु अतिआवश्यक रहेको जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । अभिभावकहरूबीच हाजिरी जवाफ प्रतियोगिता समेत भएको थियो ।
३० माघ २०८१, बुधबार १२:०८