/*php the_title();*/?>
जनतापत्र, बाह्रबिसे ।
४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माणकार्य यति बेला तिव्र गतिमा भइरहेको छ ।
सिन्धुपाल्चोकको जिल्लाको बाह्रबिसे नगरपालिका निर्माणधिन अवस्थामा रहेको ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण तिव्र गतिमा भइरहेको हो ।
४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउनका लागि सुरु गरिएको हो ।
सोही स्थानमा २२०÷१३२ केभी र १३२÷११ केभी सबस्टेसन निर्माणकाय सकिएको छ ।
त्यसको परीक्षण सम्पन्न भइसकेको छ ।
४०० केभी बाह्रबिसे सबस्टेसन ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित रहेको छ ।
पावर ट्रान्सफर्मरहरु राख्ने सिभिल संरचनाहरुको निर्माण सम्पन्न गरी जडान भइरहेको छ ।
नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरु रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् । सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएपछि उपकरणहरुको जडान सुरु हुनेछ । सबस्टेसनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ । सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।
१६ मंसिर २०८१, आईतवार १२:३४