बालग्रामका लागि रामज्योति फाउण्डेशनको पाँच लाख सहयोग

जनतापत्र,सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी–७, मैलचौरस्थित शहीद स्मृति आवासीय बालग्रामलाई रामज्योति फाउण्डेशनले पाँच लाख रुपैयाँको अक्षयकोष सहयोग गरेको छ।
सहयोग रकम फाउण्डेशनका संस्थापक रामचन्द्र श्रेष्ठले मेयर कृष्णप्रसाद सापकोटा र विद्यालयका प्रधानाध्यापक पुन्यप्रसाद गजुरेललाई हस्तान्तरण गरेका हुन्। फाउण्डेशनका अध्यक्ष सुरेश कसजुका अनुसार सो अवसरमा बालग्रामका ३७ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो।
नगर प्रमुख सापकोटाले सहयोगले बालबालिकाको अध्ययन र आवास व्यवस्थामा टेवा पुग्ने बताए भने उपप्रमुख सिता थापाले अक्षयकोषले दीर्घकालीन स्थायित्व ल्याउने विश्वास व्यक्त गरिन्। कार्यक्रममा वडा नं। १३ का अध्यक्ष रामप्रसाद गौतम, पूर्व सांसद कृष्णराज श्रेष्ठलगायतको उपस्थित थियो।

१ कार्तिक २०८२, शुक्रबार १९:१३