/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
मेलम्ची खानेपानी बाढी पिडित संघर्ष समितिले सरकार विरुद्ध आन्दोलन थालेको छ ।
बाढी पिडित संघर्ष समितिले आज हेलम्बु २ किउल बाट करिब १३ किलोमिटर हिडेर सरकार र खानेपानी आयोजना विरुद्ध विभिन्न नारा सहितको प्ले कार्ड बोकेर र्र्याली गर्दै आन्दोलनको सुरुवात गरेको हो ।
आन्दोलनमा नेकपा एमाले बाहेकको हेलम्बु गाउँपालिकामा सक्रिय राजनीतिक दलहरु नेपाली कांग्रेस, नकेपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत ऐक्यबद्धता जनाएका छन् ।
विगतमा भएको १७ बुदें मागको सम्बोधन गर्न दबाव दिएको हो । संघर्ष समितिका उपाअध्यक्ष नवराज गुरागाईंले बाढी गएको ३ बर्ष बितिसक्दा पनि सरकारले बाढी पिडितको माग सम्बोधनमा कुनै चासो नदिएको भन्दै बाध्य भएर सडकमा उत्रिनुभएको जानकारी दिनुभयो ।
उपाध्यक्ष गुरागाईंले आजबाट आनेपानी आयोजना सँगसम्बन्धी कुनैपनि सवारी साधन प्रवेशमा निषेध गर्ने योजना रहेको जानकारी दिनुभयो ।
९ आश्विन २०८१, बुधबार ११:५१