/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
बागमती प्रदेश सरकारले खर्च कटौती र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले मन्त्रालयको संख्या घटाउने तयारी थालेको छ। हाल प्रदेशमा रहेका १४ वटा मन्त्रालयलाई घटाएर सातमा सीमित गर्ने योजना सरकारले अघि सारेको हो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार सुशासन र खर्च न्यूनीकरण सरकारको प्रमुख प्राथमिकता भएकाले मन्त्रालय तथा प्रशासनिक संरचनामा पुनर्संरचना गर्न तयारी भइरहेको छ। यसअघि प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले मन्त्रालयको संख्या घटाउन माग गर्दै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको थियो। उक्त मागपछि सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा ९एमाले० का संसदीय दलको संयुक्त बैठकमा मन्त्रालय संख्याको पुनर्संरचना गर्ने सैद्धान्तिक सहमति बनेको हो। सहमतिको आधारमा प्रदेश सरकारले एक अध्ययन समिति गठन गरी कुन मन्त्रालयहरू समायोजन गर्ने, कर्मचारी व्यवस्थापन कसरी गर्ने लगायत विषयमा कार्ययोजना तयार पार्न थालेको छ। मुख्यमन्त्री बानियाँले दलहरूबीच साझा धारणा निर्माण गरी मन्त्रालय पुनर्संरचनाको विषयलाई छिट्टै तार्किक निष्कर्षमा पुर्याइने बताएका छन्।
१२ कार्तिक २०८२, मंगलवार १३:२८