/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोकको सदरमुकाम चौताराका स्थानियले बसपार्क व्यवस्थापनको माग गरेका छन् । उनिहरुले बिहिबार जिल्ला सदरमुकाम चौतारामा सडक बन्द गर्दै सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएका छन् ।
जिल्लाको सदरमुकाममा भएको बसपार्कलाई व्यवस्थित नगरिएको स्थायिनले आरोप लगाएका छन् । उनिहरुले गुम्बा डाँडामा नयाँ बसपार्क बनाउन थालेको भन्दै चौतारा पुरानो बसपार्क स्थित सडक बन्द गरेका हुन् ।
स्थानीयहरुले यात्रुबाहक सवारीलाई बजार प्रवेशमा रोक लगाउँदै विरोध प्रर्दशन गरेका हुन् ।
स्थानियहरुका अनुसार, साँघुरो सडकमा दिनप्रतिदिन गाडीको चाप बढ्दै गएकोले बजारी क्षेत्रमा दुर्घटना बढ्ने चिन्ताले विरोधमा उत्रिएका हुन् ।
बसपार्क व्यवस्थापन संघर्ष समिति संयोजक रवीन्द्र श्रेष्ठले सम्बन्धित निकायलाई सचेत गराउनका लागि यात्रुबाहक गाडी प्रवेशमा रोक लगाएको जानकारी दिनुभयो । त्यस्तै चौतारा टुँडिखेलमा भएको कालिन्चोक यातायात र पूर्व अरनिको यातायातको टिकट काउण्टरलाई हटाई बसपार्कलाई पहिलाकै स्थानमा राखिएको छ ।
एक हप्ता भित्र सम्बन्धित सबै सरोकार वालालाई बोलाएर छलफल गर्ने र बसपार्कको विषयमा ठोस निर्णय गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बसपार्क व्यवस्थापन संघर्ष समिति, चौताराको ज्ञापन पत्र मेयर सापकोटाले बुभ्नुभएको छ ।
१४ मंसिर २०८१, शुक्रबार ११:५३