/*php the_title();*/?>
जनतापत्र, बाह्रबिसे ।
बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट बाह्रबिसे तर्फ आइरहेको अरनिको यातायातको प्र.३.०१ ००५ ख ९९४० नम्बर को बसले बा.प्र.०२ ०३७ प ०८५७ नंम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो । उक्त ठक्करबाट १ जनाको मृत्यु घटनास्थमै ज्यान गएको हो ।
अर्का एक जना गम्भिर घाइते भएका छन् । उनलाई थप
उपचारको लागि धुलिखेल अस्पताल पु¥याइएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक सुमेश पाण्डेले दिएको जानकारी अनुसार, मृत्यू हुनेमा कैलाली जिल्लाको धनगढी उ.म.न.पा. ८ बस्ने बर्ष २३ को बिकाश जोसी रहेका छन् । गम्भिर अर्का घाइते धनगढी उ.म.न.पा. ८ बस्ने बर्ष २३ को सुबोध धामी रहेको रहेका छन् ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।
१५ फाल्गुन २०८१, बिहीबार ११:५६