फोडा मेटामोर्फिक एकेडेमी बलेफिको आयोजनामा शिविर सम्पन्न


जनतापत्र, बलेफी ।
फोडा मेटामोर्फिक एकेडेमी बलेफिको आयोजनामा निःशुल्क शिविर सम्पन्न भएको छ । उक्त शिविरबाट २२५ ले सेवा लिएका छन् ।

बलेफिको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर र औषधी वितरण समेत गरिएको छ ।
शिविरको वडा नम्बर १का वडा अध्यक्ष हुपबहादुर खड्काको स्वास्थ्य परिक्षण गरिएको थियो ।
उक्त औपचारीक कार्यक्रममा वडा अध्यक्ष खड्काले शिविरमा सहभागी भएर स्वास्थ्य परिक्षण गराउँन स्थानियलाई अनुरोध गर्नुभयो ।
उहाँले आफुमा भएको समस्या निर्धक्क भएर स्वास्थ्यकर्मीमाझ राख्नको लागि अनुरोध गर्दै स्वास्थ्य शिविर आयोजना गरेकोमा अध्यक्ष खड्काले फोडा मेटामोर्फिक एकेडेमीलाई धन्यवाद दिनुभयो ।
यस क्षेत्रका स्थानियको स्वास्थ्य जाँच गर्दै औषधी वितरण गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको शिविर संयोजक एवम् विद्यालयका संस्थापक अध्यक्ष रमा रम्तेलले बताउँनुभयो ।

विद्यालयका प्रिन्सिपल वेदलाल दुल
ालले शिविरबाट २२५ जनाले सेवा लिएको बताउनुभयो ।
शिविरमा स्वदेशी १० जना र विदेशी ९ जना स्वास्थ्यकर्मीहरुले विरामीको स्वास्थ्य परिक्षण गरेको थिए ।

९ पुष २०८१, मंगलवार १४:२४