/*php the_title();*/?>
प्रमिला बि.क, चौतारा ।
प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको अध्यक्षमा पुनः बिदुर आचार्य सर्वसहमत चयन भएका छन् ।
जिल्लाको पर्यटकिय नगरी सुकुटेमा बुधबार सम्पन्न प्रेस चौतारी नेपाल जिल्ला शाखा सिन्धुपाल्चोकको छैठौं अधिवेशनले आचार्य सर्वसहमत अध्यक्ष पदमा पुनः चयन भएका हुन् ।
आचार्य यसभन्दा अघिको कार्यकाल समालिसकेका आचार्यले फेरी पनि यो कार्यकाल समाल्ने भएका हुन् ।
त्यस्तै समितिको उपाध्यक्ष पदमा सागर खड्का,महिला उपाध्यक्ष गोमा के. सि, सचिवमा दिपिन ढुंगाना , उप सचिवमा सुशिल सुवेदी समावेसी उप सचिवमा सुनिता लामा र कोषाध्यक्षमा बिसाल आचार्य सर्वसहमितले निर्वाचित भएका हुन् ।
समिति सदस्यहरुमा जनार्दन नेपाल , सहदेव ढुंगाना , मधु सुदन ढुंगाना चयन भएका हुन् ।
प्रदेश प्रतिनिधिहरुमा देवराज सुवेदी र यज्ञ दंगाल ,प्रदेश प्रतिनिधिमा गोमा खत्री , केन्द्रिय प्रतिनिधिमा माधव नेपाल , सुनिता रखाल मगर र टीका सुवेदी लाई छनोट भएका छन् ।
नेकपा एमालेका स्थायी समिति सदस्य शेर बहादुर तामाङले उद्घाटन गरेका थिए ।
प्रबिधिसंग लड्न प्रबिधिकै प्रयोग गर्नुपर्ने बताए । अवास्तबिक कुरामा बिस्वास गर्नेहरु हावी भएकोले यसलाई चिर्नुपर्ने दायित्व आम सञ्चारकर्मीहरुको रहेको कार्यक्रमका प्रमुख अतिथि तामाङले बताउनुभयो ।
प्रेस चौतारीका महासचिव हिरालाल लामाले देशमा हाउगुजी र सामाजिक सञ्जालको पछाडि दौडिरहेकोमा दुःख व्यक्त गर्दै जहाँ बिचार सिद्धान्त र कार्यदिशा बिहिन रहेको जानकारी दिनुभयो ।
लामाले दिनेश थापा पत्रकारीतामा सिन्धुपाल्चोकको आयम भएको टिप्पणी गर्दै थापालाई संगठनको निर्णय बिपरित लागेको र सहि दिशा र कार्यनीतिलाई पकडेर अघि बढ्न अनुरोध गनुभयो ।
संबिधानमाथी धावा बोल्दै पूर्वराजा ज्ञानेन्द्र शाहले २०४६ पछिको गतिविधि सहि नभएको भन्ने निरंकुशता निम्त्याउने अभिव्यक्तिप्रति एमाले पार्टी पोलिव्युरो सदस्य अरुण नेपालले खेद प्रकट गरे ।
आफू प्रेस चौतारीको साथसमेत पाएर अध्यक्ष पदमा निर्वाचित भएकोले चौ
तारीप्रति आभार व्यक्त गरे । उनले महासंघमा कसैलाई काख र कसैलाई पाखा राखेर व्यवहार नगर्ने प्रतिबद्धता जनाए ।
७ फाल्गुन २०८१, बुधबार १३:०५