प्रहरीले रवि लामिछानेविरुद्ध पुरक अभियोग लैजादैँ


जनतापत्र, काठमाण्डौँ ।
प्रहरीले रवि लामिछानेविरुद्ध पुरक अभियोग लैजाने तयारी गरेको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले लामिछानेविरुद्ध उक्त अभियोग लैजाने तयारी थालेको हो ।
सांसद् सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई कानून बमोजिम कारबाही गर्न गरेको सिफारिसका आधारमा पुरक अभियोग लैजाने तयारी थालिएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले बताएको छ ।

४ आश्विन २०८१, शुक्रबार १२:४५