प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिए,

जनतापत्र,काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीको सचिवालयका अधिकारीले यस निर्णयको जानकारी सार्वजनिक गरेका हुन्।ओलीले आफ्नो राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएका छन्।

राजनीतिक संकटको बेला देशभरि जारी जेनजी आन्दोलनले थप उग्र रूप लिएको छ। प्रदर्शनकारीहरूले सिंहदरबार, संघीय संसद भवन र नेताहरूको घरमा प्रवेश गर्दै तोडफोड तथा आगजनीका घटना गरिरहेका छन्। आन्दोलनको प्रभाव राजनीतिक नेतृत्वमा पनि स्पष्ट देखिन थालेको छ, जसले प्रधानमन्त्रीको पदत्यागलाई समयसापेक्ष निर्णय बनाएको विश्लेषकहरूले बताएका छन्।

२४ भाद्र २०८२, मंगलवार १४:४६