/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको ग्रेडिङ सकिएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, नेपाल गोजुरियो कराँते संघका केन्द्रिय सचिव सानुबाबु गिरी लगायतको उपस्थितिमा नेपाल गोजुरियो कराँते संघ प्रगती डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको प्रथम ग्रेडिङ क
ार्यक्रम सकिएको हो ।
नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोका प्रशिक्षक चन्द्र तामाङले ४२ जना प्रशिक्षार्थि रहेको र ३० जनालाई एल्लो,११ जनालाई ओरेन्ज बेल्ट र १ जनालाई ब्ल्यु बेल्ट प्रदान गरिएको बताउनुभयो ।
राष्ट्रको सान र गौरव संग जोडिएको सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अङ्ग भएको मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले बताउनुभयो । अनुशासित र लगनशिल भएर खेललाई निरन्तरता दिन उहाँले खेलाडीहरुलाई अनुरोध गर्दै आगामी दिनमा राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तर सम्म खेल्न सक्ने भएर अगाडी बढ्न अनुरोध गर्नुभयो ।
८ पुष २०८१, सोमबार १२:३३