/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
प्रथम वडास्तरीय पुरुष भलिबल प्रतियोगिता शिखरपुरमा सुरु भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता शिखरपुरमा सुरु भएको हो । आयोजकले दिएको जानकार अनुसार, वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समिति मेलम्ची न.पा. १० शिखरपुरको आयोजनामा मेलम्ची नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा सुरु भएको हो । प्रतियोगितामा वडा भित्रका ८ टोलीको सहभागिता रहेको रहेको छ ।
खेल क्षेत्रलाई प्रोत्साहन गरि युवाहरूमा उर्जा थप्न प्रतियोगिताको आयोजना गरिएको खेल उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । वडाले छोटो समयको तयारीका बिचमा पनि राम्रो सहभागीता रहेको बताउँदै सहभागी खेलाडीहरूलाई अनुशासित भएर खेल खेल्न अनुरोध गर्नुभएको छ ।
वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समिति संयोजक प्रल्हाद ढुङ्गेलको सभापतित्वमा भएको कार्यक्रममा वडा प्रतिनिधिहरू ज्ञान बहादुर अधिकारी, कौशिला नेपाली,रेफ्री बद्रिनाथ अधिकारी, प्रताप सिंह तामाङ, सविता थापा लगायतको सहभागीता रहेको थियो ।
२२ आश्विन २०८१, मंगलवार ०२:०९