पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि पुलिसले जित्यो


जनतापत्र, चौतारा ।
सिन्धुपाल्चाकको सुकुटेमा शनिबार आठौं पुरुष बिच भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि पुलिसल क्लबले जितेको छ ।
पुलिसको टोलीले एपिएफलाई तीन सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
पहिलो सेटमा एपिएफका विआर चौधरी र रमेश विकको जोडीले २१–१८ ले जितेको थियो ।
दोस्रो सेटमा पुलिसले २१–१४ को जित दर्ता गरेसँगै खेल एक–एक गोलको बराबरीको अवस्थामा पुगेपछि अन्तिम सेटमा १५–८ ले पुलिसले जित माथि कब्जा जमाएको हो । त्यस्तै आर्मीले एपीएफलाई २–० को सेटमा हराउँदै तेस्रो स्थानमा आउन सप
mल भएको छ । एपीएफका सूर्य परियार र टिकराज तामाङको जोडीले महेन्द्र र राजकुमार श्रेष्ठको जोडीलाई २१–१९ र २४–२२ को जोडीले हराएको हो । यससँगै एपीएफ तेस्रो भयो ।

५ माघ २०८१, शनिबार ११:५४