/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
एक दिने पार्टी प्रशिक्षण कार्यक्रम चौतारामा सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) चौतारा सांगाचोकगढी नपा १३, वडा स्कुल विभागको आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज केशव नेपाल, पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सासं माधव सापकोटा, पार्टी केन्द्रीय सदस्य वागमती प्रदेशसभा सदस्य युवराज दुलाल, पार्टी वागमति प्रदेशअध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्री पौडेल, पार्टी जिल्ला समन्वय समिति संयोजक गोविन्द पराजुली, प्रदेश सचिवालय सदस्य गणेश वि क, प्रदेश सदस्य उजारसिं तामाङ, क राजेन्द्र शर्मा , जिल्ला सदस्यहरु राम प्रसाद गौतम, नगर अध्यक्ष श्यामकृष्ण श्र
ेष्ठ, दधिराम पराजुलि, वेल ब मशत, राम कुमार खतिवडा, मिना नेपाल, प्रदेश सल्लाहकार नरमान श्रेष्ठ, गोपाल खड्का, नगर समिति सदस्य, वडा समिति सदस्य लगायतको सहभागिता रहेको थियो ।
२४ मंसिर २०८१, सोमबार ११:४३