पानी दिवस मनाइँदै


जनतापत्र, चौतारा ।
आज विश्व पानी दिवस मनाइँदै छ ।
‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ सो दिवस विश्वभर विभिन्न कार्यक्रम मनाइँदै छ ।
पछिल्लो समयमा बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको छ । सोहि सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्व
ास लिइएको छ ।

८ चैत्र २०८१, शनिबार ०८:४४