/*php the_title();*/?>
जनतापत्र, पाँचपोखरी ।
सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीमा महिला म्याराथन रेस र मास ट्रेकिङ हुने भएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ३ पाँचपोखरीमा आगामी कात्तिक २ गते प्रथमपाँचपोखरी महिला म्याराथन हुने भएको हो ।
आयोजक विश्व समावेश साहसीसंस्थाकी सल्लाहकार माया गुरुङले पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरीकुण्डबाट रैथानेसम्म २८ किलोमिटर लामो म्याराथन हुने जानकारी दिनुभयो ।
स्वदेशी तथा विदेशी महिलाहरुको सहभागीमा हुने उक्त म्याराथनमा प्रथम हुनेलेनगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो, तेस्रो ,चौथो र पाँचौ हुनेले समेत शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमशः २५ हजार, १५ हजार,१० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने गुरुङले बताउनुभयो । दौडमा सहभागीता जनाउन नेपाली महिलाले ५ सय रुपैयाँ र विदेशी महिलाले ५ डलरदर्ता शुल्क बुझाउनुपर्ने छ । दौड २०८१ कार्तिक २ गते बिहान ७ बजे पाँचपोखरीबाट शुरु भई मानेखर्क,रैथानेमा अन्त्य हुनेछ । म्याराथन दौड सहित सोही समयमा मास ट्रेकिङ पनि हुनेछ ।
‘बर्षमा कम्तिमा १ पटक ट्रेकिङ जाउँ, पर्यटन प्रवर्द्धन गरौं’ भन्ने मुल नाराका साथ मासट्रेकिङ आयोजना गरिएको हो । मास ट्रेकिङमा सहभागी हुनेको लागि भने नेपालीले १३ हजार ५ सय रुपैयाँ रविदेशीले २ सय डलर तिर्नुपर्नेछ । दशैं तिहारको विदामा घुम्न जान चाहनेहरुलाइ लक्ष्यितगरि ट्रेक आयोजना गरिएको गुरुङले जानकारी दिनुभयो ।
१० आश्विन २०८१, बिहीबार १२:०१