/*php the_title();*/?>
जनतापत्र, जुगल
तेगा जुगलका पहिरो पिडितलाई खाद्यसामग्री वितरण गरिएको छ ।
पालिका अध्यक्ष रेशम स्याङबोले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर–३ स्थित तेगागाउँमा गाउँपालिकाले पहिरो पीडितलाई खाद्यन्न सामग्री सहयोग गरेको जानकारी दिनुभयो ।
उहाँले पिडितका लागि १० बोरा चामल, २ बोरा दाल, २ बोरा चिउरा, २ बाक्सा तेल, नुन लगायतका सामग्री जिल्ला विपद ब्यवस्थापन समिति मार्फत सहयोग गरिएको बताउनुभयो ।
सो प्राप्त राहात सामग्री सहित र थप राहत जिल्ला विपद समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा तेगामा वितरण गरिएको हो । सोमबार सिडियो थापाको टोलीले हेलिकप्टर मार्फत राहत सामग्री तेगामा पुर्याएका हुन ।
१४ आश्विन २०८१, सोमबार १२:२५