/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोकमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
अविरल वर्षासँगै आएको पहिरोमा परि सिन्धुपाल्चोकमा १३ जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार, शनिवार बिहान २ बजे लिसंखुपाखर गाउँपालिकामा पहिरोले एक घर बगाउँदा ७२ वर्षीय काजीबहादुर लामा र उहाँकी धर्मपत्नी सुन्तली तामाङको घटनास्थलमै मृत्यु भएको भएको छ ।
हिजो दिउँसो सोही वडाकी तृष्णा मोक्तानको घर पहिरोले बगाउँदा मोक्तान र उहाँको एक छोरा र एक छोरी गरी तीनै जनाको ज्यान गएको छ ।
सुनकोसी गाउँपालिका सुकुटे स्थित सिन्धु बीच रिसोर्टमा गएको पहिरोमा परि ३ जना कोरियन नागरिकसहित १ नेपाली गाईड गरी ४ जनाको मृत्यु भएको हो ।
१५ जनालाई सकुशल उद्धार गरीएको प्रहरीले जनाएको छ । जुगल गाउँपालिका–१ कुनेगाँउमा पहिरोले ३ घर बगाउँदा ४ जनाको ज्यान गएको छ ।
जिल्लाका अधिकांश सडक पहिरोको कारण अवरुद्ध भएका हुँदा अरनिको राजमार्ग स्थित लार्चामा रहेको बेलिबृज भोटेकोसी नदिमा आएको बाढीले बगाएपछि लिपिङ तातोपानी बजार सडक सम्पर्कबाट टुटेको छ।
अविरल बर्षाका कारण अरनिको राजमार्गको ठाउँ– ठाँउमा सडक अबरुद्ध भएका छन् ।
लार्चा बेलिबृज बगाउँदा चीनबाट दशैका सामान बोकेको ४० फुटे कन्टेनर रोकिएका छन । सडक सम्पर्क टुट्दा स्थानीय थप मर्कामा परेका छन। उता माथिल्लो भोटेकोसी हाइड्रोपावरको ड्यामको तल्लो भागमा हालिएको भोटेकोशी गाउँपालीका वडा नं.२ र ३ जोड्ने गोलेपा, पाङशेर्पु गाउँ जोड्ने फलामले बेलिब्रिज समेत भोटेकोशी नदीले बगाएको छ । अहिले त्यसभेगमामा विद्युत सेवा अबरुद्ध हुदा टेलिफोन, इन्टरनेट जस्ता सेवा अबरुद्ध हुनपुगेको छ ।
१३ आश्विन २०८१, आईतवार १२:२३