/*php the_title();*/?>
जनतापत्र, मेलम्ची
बागमति प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर) र मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङद्धारा महादेवस्थान मोटरेवल पुलको शिलन्यास गरिएको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर १ र मेलम्ची ५ जोड्ने पधेरिखोल्ची महादेवस्थान मोटरेवल पुलको गत शनिबार शिलन्यास भएको हो ।
स्थानियको आवश्यकतालाई मध्यनजर गर्दै पुल निमार्णका लागी बजेट विनियोजन गर्न पहल गरेको शिलन्यास कार्यक्रममा सांसद तामाङले आफ्नो मन्तव्य राख्दै जानकारी दिनुभयो ।
०७९÷८०मा २० लाख बजेट विनियोजन गरेको र ०८०÷८१मा १ करोड विनियोजन भएपछि अहिले पुलको शिलन्यास गरिएको हो ।
पूर्व भौतिक मन्त्री युवराज दुलाल मन्त्री भएका बेला आफुले पहल गरेर अर्थमन्त्रालयबाट ४ करोड ४५ लाख बराबरको स्रोत सुनिश्चित भएको बताउँदै सांसद तामाङ मापदण्ड अनुसार पुल निमार्ण हुने विश्वास रहेको उहाँले जानकारी दिनुभयो ।
पुल पुरा गर्नका लागी बजेटको आवश्यक परेमा सहयोग गर्ने नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।
गुणस्तरीय पुल निमार्ण गर्न निर्देशन दिदैं उहाँले प्राविधिक जनशक्ति लगायत नगरपालिका बाट आवश्यक साथ सहयोगका लागी सधै साथमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा मेलम्ची –५,का वडा अध्यक्ष राजु रायमाझी, लगायत स्थानियको सहभागिता रहेको थियो ।
१४ पुष २०८१, आईतवार १२:५३