पत्रकार महासंघ सिन्धुपाल्चोकको पहिलो बैठक सम्पन्न


जनतापत्र, चौतारा ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको १२औँ महाधिवेशन केहि दिन अघि मात्र सम्पन्न भएको छ ।
निर्वाचन सम्पन्न भएलगतै निर्वाचित समितिको गत बुधबार पहिलो बैठक सम्पन्न भएको छ ।
सचिब टिका सुवेदीले बैठकले पत्रकारहरुको क्षमता अभिवृद्धि वर्षको रु
पमा काम गर्ने महत्त्वपूर्ण निर्णय गरेको बताउँनुभयो ।
नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण पनि सोहि दिन भएको थियो । चौतारा स्थित महासंघको कार्यालयमा बसेको बैठकले धन्यवाद ज्ञापन,खाता संचालन लगायत अन्य निर्णय समेत सम्पन्न गरेको छ । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र निर्वाचन अधिकृत अमित घिमिरेले वितरण गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष ध्रुव दंगाल, उपाध्यक्ष दिपक अर्याल, महिला उपाध्यक्ष कमला पाख्रिन तामाङ , सचिव टीका सुवेदी, सहसचिव सञ्जय तामाङ, देवराज सुवेदी र कोषाध्यक्ष दीपक खत्री तथा सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र ग्रहण संगै पदभार गह्रण गरेका छन् ।

१२ पुष २०८१, शुक्रबार १२:०४