/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा हेटौंडामा सम्पन्न भेलाले पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि १३ बुँदे ‘हेटौंडा घोषणापत्र’ जारी गरेको छ।
पत्रकारहरूको आर्थिक, भौतिक र सामाजिक सुरक्षाको ग्यारेन्टी, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, सामाजिक सुरक्षा, स्वास्थ्य विमा, न्युनतम पारिश्रमिकको सुनिश्चितता लगायत माग उठाइएको छ। स्वरोजगारमूलक सञ्चारमाध्यमलाई संरक्षण र सम्वद्र्धन गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको छ।
घोषणापत्रमा पत्रकार र सञ्चारमाध्यमलाई उद्योगको रूपमा मान्यता, सहुलियत ऋण, विज्ञापनमा समानुपातिक वितरण, जोखिमपूर्ण क्षेत्रमा काम गर्ने पत्रकारलाई प्रोत्साहन, महिला र अपांगता भएका सञ्चारकर्मीलाई विशेष सुविधा लगायतका मागहरू समेटिएका छन्।
भेलामा बागमती प्रदेशका १३ जिल्लाबाट आएका महासंघका पदाधिकारी, सदस्य, पेसागत संगठनका प्रतिनिधि र केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
१५ जेष्ठ २०८२, बुधबार १७:५८