नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अध्यक्षमा कृष्णप्रसाद ढुंगानाको


जनतापत्र, मेलम्ची ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको तेस्रो नगर अधिवेशनद्धारा कृष्णप्रसाद ढुंगानाको अध्यक्षतामा २७ सदस्यीय नगरकार्यसमिति गठन गरिएको छ ।
गत शनिबार सम्पन्न नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, मेलम्ची नगर समितिको तेस्रो नगर अधिवेशन वागमती प्रदेश समिति अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा ढुंगानाको अध्यक्षतामा २७ सदस्यीय नगरकार्यसमिति गठन गर्दै सम्पन्न भएको हो ।
शिक्षकको पेशागत संगठनले विगतमा गरेको संघर्षका कारण विभिन्न हक अधिकार स्थापित गर्न सकेको बताउँदै पेशागत विकासमा रचनात्मक हिसाबले अगाडी बढाउनुपर्ने प्रमुख वक्ता डम्बर बहादुर अर्यालले बताउनुभयो ।
नयाँ शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन र उक्त ऐनमार्फत सबै प्रकारका शिक्षकका पेशागत समस्यालाई दिगो रुपमा समाधान गराउनेतर्फ ध्यान दिन संगठन क्रियाशिल रहको प्रमुख अतिथी बागगमती प्रदेश समिति अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा आयोजित विशेष कार्यक्रममा मेलम्ची नगरपालिकाका पू
र्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्याल, मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य बालकृष्ण देउजा, जिल्ला समन्वय समितिका पूर्व प्रमुख कृष्णगोपाल तामाञ, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
मेलम्ची नगरपालिका भित्रका सेवानिवृत्त एवं शिक्षक सेवा आयोगमार्फत नवप्रवेशी शिक्षकहरुको सम्मान सहित पालिकामा गत वर्षको आधारभूत तह (कक्षा ८) उत्तीर्ण, कक्षा १० को एसइइ र कक्षा १२ को एसएलसी परीक्षामा सर्वोत्कृष्ट छात्र–छात्राहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

२१ पुष २०८१, आईतवार १२:३३