/*php the_title();*/?>
जनतापत्र, — नेपाली कला, संस्कृति र सामाजिक सेवा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल म्युजिक फेस्टिवल २०२५ आगामी जुन ६ मा साउदी अरबको जुबेलमा आयोजना हुने भएको छ। पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–२ मा पर्ने यवा मार्गको स्तरोन्नति गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले के.आई. ग्रुपले कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रम अल हुमैदान हल (लुलु हाइपरमार्केटको पछाडि) मा आयोजना हुनेछ। कार्यक्रमका संचालक श्रीप्रसाद यवाका अनुसार फेस्टिवलमा नेपालका चर्चित कलाकारहरू रचना रिमाल, प्रीति आले, प्रकाश दुतराज, नोगेन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिम तथा नृत्य प्रस्तुतीका लागि प्रीति पासवानको सहभागिता रहनेछ।
पछिल्लो १५ वर्षदेखि जुबेलमा व्यवसाय सञ्चालन गर्दै आएका के.आई. ग्रुपका सञ्चालक श्री ओमप्रसाद फुयाँल र ईश्वर काप्रीका अनुसार संस्था सामाजिक कार्यहरूमा समेत सक्रिय रहँदै आएको छ। कार्यक्रम संयोजन देव धिमालले गरेका हुन्।
कार्यक्रमबाट उठेको आम्दानी सामाजिक सेवामा खर्च गरिनेछ। श्री यवाका अनुसार उनले आफ्नै लगानीमा यवा मार्गको १० किलोमिटर सडक निर्माण गरिसकेका छन्। टिकट जुबेल, दमाम र खोबरका नेपाली होटलहरूमा उपलब्ध रहेको छ ।
२० बैशाख २०८२, शनिबार १३:३३