/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिन्धुपाल्चोकले शान्ति सुरक्षाको अवस्था बिग्रँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापनपत्र बुझाएको छ।
जिल्ला अध्यक्ष विनोद खनालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उक्त ज्ञापनपत्रमा बिभिन्न समूहहरूबाट हिंसात्मक गतिविधि, धम्की, त्रास र असहिष्णुता बढ्दै गएको उल्लेख छ। पार्टीले अराजक समुहबाट सुरक्षामा चुनौती देखिएको जनाइएको छ।
राजनीतिक दलहरूको स्वतन्त्र गतिविधि, विचार अभिव्यक्तिको अधिकार र नागरिकको मौलिक हक सुनिश्चित गर्न र जनताको ज्यु धनको सुरक्षामा राज्य संयन्त्र गम्भीर हुनु आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।
नेकपा एसले शान्तिपूर्ण वातावरणमा राजनीतिक कार्यक्रम सञ्चालन गर्न पाउने संवैधानिक अधिकारको संरक्षण गर्न सुरक्षा निकाय र प्रशासनलाई आग्रह समेत गरेको छ।
हालसम्म भएका केही घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र घाइतेको निशुल्क उपचार र आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन उचित कदम चाल्न माग गरिएको हो ।
३० चैत्र २०८१, आईतवार २२:१२