निर्माणाधीन चौताराको मिनी रङ्गशाला अलपत्र


जनतापत्र, चौतारा ।
२०७६ सालमा सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौताराको टुडिखेलपस्थित मिनी रंगशाला निर्माण प्रारम्भ भएको थियो । तर भएको निर्माण सुरु भएको ८ बर्ष वितिसक्न लाग्दा पनि सो ‘मिनी’ रङ्गशाला निर्माण हुने अवस्थामा देखिएको छैन् ।
रु. ४१ करोड ६२ लाखको परियोजना निर्माण कम्पनीको ढिलासुस्तीकै कारण अलपत्र अवस्थामा पुगेको छ ।
तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको उक्त मिनी रंगशाला विभिन्न बहानामा काम ठप्प भएको छ ।
यसैबिच, उक्त कम्पनीले अर्को निर्माण कम्पनीसँगको साझेदारीमा रङ्गशालाको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ ।
कछुवा गतिमा काम भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले जानकारी दिनुभयो ।

रङ्गशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेलकुदका गतिविधि ठप्प भएका तथा मैदानमा निर्माण सामग्री थुपारिएको कारण त्यो उपयोगविहीन भएको जिल्ला फुटबल सङ्घका अध्यक्ष अमृतमान श्रेष्ठले बताउनुभयो ।

७ कार्तिक २०८१, बुधबार ११:५७