नारी दिवसको अवसरमा लोक गित प्रतियोगिता


जनतापत्र, पाँचपोखरी ।
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी गाउँपालिमा लोक गित प्रतियोगिता सम्पन्न भएको छ ।
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको आयोजनामा लोक गित प्रतियोगिता सम्पन्न भएको हो । गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं १ देखि ८ को सहभागीता जनाएको थियो ।
प्रतियोगितामा लागर्चे बेत्रावती समुह प्रथम भएको छ । त्यस्तै द्वितीय हनेमा भोटेनाम्लाङ महिला समुह र थाङपालधाप गोलमेश्वरी महिला समुहले तृतिय स्थान हासिल गरेको छ । महिला तथा बालबालिका शाखाका प्रमुख सारदा उप्रेतीले बाँसखर्क महिला समुहले सान्त्वना स्थान प्राप्त गरेको बताउनुभयो ।
प्रथम हुनेले १० हजार, दित्तिय हुनेले ७ हजार तृतीयले ५ तथा सान्त्वनाले ३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन ।
लोक गायक सूर्यमणि आचार्य र भीमसेन खतिवडाले निर्णायकको भुमिका
निर्बाह गर्नुभएको थियो ।

२३ फाल्गुन २०८१, शुक्रबार १२:५६