/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका सिन्धुपाल्चोकका एक कैदी पुनः पक्राउ परेका छन्। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ निवासी ३५ वर्षीय रविन आचार्य बुधबार दिउँसो बनेपाको बुडोल क्षेत्रबाट पक्राउ परेका हुन्। काभ्रेको प्रहरी टोलीले उनलाई काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा।प्र।००१ ज ३८६ नम्बरको इभी गाडीबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, आचार्य जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए। उनी केही समयअघि भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाइएको बताइएको छ।
२९ आश्विन २०८२, बुधबार १३:०७