नख्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकमा पक्राउ

जनतापत्र,सिन्धुपाल्चोक ।
नख्खु कारागारबाट फरार भएका एक कैदीलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–१ चिप्लेढुङ्गाका ३७ वर्षीय धने सुनारलाई इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
सुनारलाई ज्यान सम्बन्धी मुद्दामा सात वर्ष कैद सजाय तोकिएको थियो। उनी २०७८ साल पौष १२ गतेदेखि ललितपुरस्थित नख्खु कारागारमा रहदै आएका थिए। तर, गत भदौ २४ गते जेन्जीको आन्दोलनका कारण उनी कारागारबाट फरार भएका थिए।
प्रहरीले २०८२ साल भदौ २७ गते राति करिब १० बजे उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।

२९ भाद्र २०८२, आईतवार १९:५२