ध्रुव दंगाल पत्रकार महासंघ सिन्धुपाल्चोक अध्यक्षमा निर्वाचित


जनतापत्र, चौतारा ।
भर्खरै मात्र सम्पन्न नेपाल पत्र महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा ध्रुव दंगाल चयन भएका छन् ।
निर्वाचन अधिकृत शशिनाथ आचार्यले शनिबार भएको मतदानमा दंगाल ५० मतसहित निर्वाचित भएको बताउनुभयो ।

दंगालका निकटतम प्रतिस्पर्धामा दिनेश थापाले ४५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै खुला उपाध्यक्ष्मा दीपक अर्याल, महिला उपाध्यक्षमा कमला पाख्रिन तामाङ, सचिवमा टीका सुवेदी, सहसचिवमा सञ्जय तामाङ, देवराज सुवेदी र कोषाध्यक्षमा दीपक खत्री निर्वाचित भएका छन् ।

सदस्यहरूमा गोमा खत्री, फूलमान तामाङ, चण्डिका नेपाली, अर्जुन शर्मा, किरण थापा, विपिन ढुंगाना, निर्मल बस्नेत, प्रमिला विक, प्रितमकुमार तामाङ चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रदेश परिषद् सदस्यमा हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक पुरी, रुपक कोइराला, कला अनुरागी, रमेश पराजुली र हरिप्रसाद दुलाल चयन भएका छन् ।
साथै केन्द्रीय परिषद् सदस्यमा चित्रकुमार मिजार, ज्ञानेन्द्र तिमिल्सिना, रामकृष्ण थापा निर्वाचित भएका हुन् ।

निर्वाचन प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन भएको थियो ।

३० मंसिर २०८१, आईतवार ०६:२९